पोखरामा बिहीबार देखि खुल्ला अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुँदै
पाेखरा | बैशाख २५, २०८१
पोखरा: पोखरामा बिहीबार देखि खुल्ला अन्तर विद्यालयस्तरीय मोहन मेमोरियल तथा पोखरा महानगर स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बैशाख २७–२९ गतेसम्म खुल्ला विद्यालयस्तरीय तथा पोखरा महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले खुल्ला विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा छात्राछात्र यू–१३, यू–१९ उमेर समूह र पोखरा महानगरपालिकास्तरीयमा एकल र युगल विधामा प्रतिष्पर्धा हुने बताए ।
उनका अनुसार विद्यालयस्तरीय (निमावि)तर्फ यू–१३ उमेर समूह र माध्यमिकतर्फ यू–१९ उमेर समूहका छात्राछात्रले प्रतिष्पर्धा गर्नेछन् ।
यस्तै पोखरा महानगरपालिकास्तरीयमा अन्तर वडा एकल र युगलतर्फ महिला÷पुरुषले प्रतिष्पर्धा गर्नेछन् ।
खुल्ला अन्तर विद्यालयस्तरीय मावि यू–१९ उमेर समूह छात्राछात्रको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै खुल्ला अन्तर विद्यालयस्तरीय यू–१३ र यू–१९ उमेरसमूहका सर्वोत्कष्ट खेलाडीले साइकल पुरस्कार पाउने फाउण्डेशनका अध्यक्ष गुरुङले बताए । यस्तै यू–१३ का विजेता खेलाडी व्याडमिन्टन खेलका गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
यस्तै पोखरा महानगरपालिकास्तरीय एकल र युगलतर्फको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिता पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछ । बिहीबारबाट सुरु हुने व्याडडिमन्टन प्रतियोगितामा देशभरबाट करिब ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले दावी गरेको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी वैदेशिक प्रशिक्षणसँगै मैत्रीपुर्ण खेलकुदमा सहभागी
पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा गतवर्ष सम्पन्न भएको व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानमा प्रशिक्षणसँगै मैत्रीपुर्ण खेल खेल्ने अवसर समेत पाएका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानको नागाकाओ शहरमा प्रशिक्षण र वाकाभा कप र यू–१३ को प्रशिक्षणमा सहभागि समेत हुन पाएको अध्यक्ष गुरुङले बताए ।
ग्रासरुटबाटै खेलाडी उत्पादनमा ध्यान दिएका छौं: अध्यक्ष गुरुङ
मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले विद्यालय तथा ग्रास रुटबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।
‘हामीले फाउण्डेशनबाट कुनै नाफा कमाउनु छैन्, फाउण्डेशनको लक्ष्य व्याडमिन्टन खेलाडी उत्पादन गर्ने हो’, अध्यक्ष गुरुङले भने, ‘प्रतियोगितामा विद्यालयस्तरबाट उमेर समूहको खेलाडी सहभागी गराई खेलको विकास गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।’
उनले पुरानो व्याडमिन्टन खेलाडीहरु मिलेर मोहन भुगोल व्याडमिन्टन फाउण्डेशनमा अक्षयकोष स्थापना गर्ने योजना समेत अगाडि बढाएको बताए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

